७० प्रतिशत चिकित्सक केन्द्रमै, अझै ३५३ स्थानीय तह चिकित्सकविहीन

७० प्रतिशत चिकित्सक केन्द्रमै, अझै ३५३ स्थानीय तह चिकित्सकविहीन


काठमाडौँ

सरकारले प्रत्येक स्थानीय तहमा एक चिकित्सक र आधारभूत सुविधा सम्पन्न अस्पताल पु¥याउने लक्ष्य लिए पनि अझै आधा भन्दा बढी स्थानीय तह चिकित्सकविहीन अवस्थामा छन् । देशमा कार्यरत चिकित्सक मध्ये झन्डै ७० प्रतिशत काठमाडौंमा नै केन्द्रित छन् । आधा भन्दा बढी स्थानीय तहमा अझै चिकित्सक पुग्न सकेका छैनन् ।

सरकार गठन भएको १३ महिना बिति सक्दा समेत आफ्नो लक्ष्य पूरा गराउन सरकार असफल भएको हो । जसका कारण गाउँमा बसोबास गर्ने लाखौं बिरामीहरू गुणस्तरयुक्त स्वास्थ्य सेवा लिनबाट वञ्चित भइरहेका छन् ।

सहिरी क्षेत्रमा चिकित्सकहरू केन्द्रीकृत हुँदा स्थानीय तहमा चिकित्सक पठाउने सरकारको लक्ष्य असफल भएको देखिन्छ । अधिकांश चिकित्सक सहर केन्द्रित हुँदा गाउँका बिरामीले समयमा गुणस्तरीय स्वास्थ्योपचार पाउन सकेका छैनन् ।

सरकारले अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार नथप्दा र सरकारी चिकित्सकको दरबन्दी सिर्जनामा राज्य उदासीन बन्दा पनि यस्तो समस्या सिर्जना भएको हो ।

प्रदेश र स्थानीय तहले डाक्टरको दरबन्दी आफैं प्रदेशले सिर्जना गर्ने भएकाले अहिले समस्या देखिएको हो । हामीले संघीय अस्पतालहरूका लागि स्थायी दरबन्दी सिर्जना गर्छौं । देशभरि ८ सय चिकित्सकहरू करार सेवामा कार्यरत छन् ।
राजधानीबाट

Logo