प्रधानमन्त्री र गृहमन्त्रीलाई अपदस्त गर्नुपर्छः स्वागत नेपाल (भिडियोमा)

प्रधानमन्त्री र गृहमन्त्रीलाई अपदस्त गर्नुपर्छः स्वागत नेपाल (भिडियोमा)


काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गर्यो । मधेशलाई अलग राज्यको माग गर्दै आन्दोलनरत सीके राउतसँग सरकारले उक्त सम्झौता गरेपछि चौतर्फी विरोध भईरहेको छ । सत्तारुढ दल नेकपाभित्रै यसको चर्को विरोध सुरु भएको छ ।

त्यस्तै अधिकारकर्मी तथा नागरिक अगुवाहरुले त उक्त कदमको विरोध गर्दै ११ बुँदे सहमति नै जलाएका छन् । स्वतन्त्र राष्ट्रिय अभियानले उक्त कदमको विरोध गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल अपदस्त गर्नुपर्ने बताएका छ ।

अभियानका अभियन्ता स्वागत नेपालले राज्य विप्लव गर्दै हिड्नेलाई वैधानिकता प्रदान गरेको प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई तत्काल अपदस्त गर्नुपर्ने बताए । ‘२ तिहाई छ भन्दैमा राज्य विप्लव गर्नेलाई वैधानिकता दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल अपदस्त गर्नुपर्छ’ उनले भने ।

विगतमा अमेरिकाले नेपालमाथि भारतमार्फत हेर्दै आएको भन्दै पछिल्लो समय सीके राउत मार्फत प्रत्यक्ष हस्तक्षेप गर्न थालेको बताए । गतमा अमेरिकाले भारतमार्फत नेपाललाई हेर्ने गथ्र्यो । आजभोली सिधै प्रवेश गरेको छ । त्यो सीके राउत मार्फत हो’ उनले भने ।

सीके राउतका गतिविधिलाई अहिलेको पिढीले टुलुटुलु हेरेर बस्यो भने भावी पुस्ताले हाम्रो मुखमै थुक्ने तर्फ सबैलाई सचेत गराए । उनले भने, ‘सीकेको गतिविधिलाई हाम्रो पुस्ताले टुलुटुलु हेरेर बस्यो भने पछिल्लो पुस्ताले मुखैमा थुक्छन्’ थप भिडियोमाः

Logo