जेल बस्नुपर्ने अपराधी सुविधा सम्पन्न अस्पतालमा !

जेल बस्नुपर्ने अपराधी सुविधा सम्पन्न अस्पतालमा !


वीरगन्ज

अवैध ढंगले किटनाशक औषधी उत्पादन गर्दै आएका किसान एग्रो केमिकल्स उद्योग वीरगन्जका संचालक श्याम कुमार तुल्स्यानलाई अदालतले म्याद थप गरेपछि नीजि हस्पिटल भर्ना गरिएको छ । प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत पर्साले बुधबार सात दिनको म्याद दिए लगत्तै उनलाई वीरगन्ज हेल्थ केयर हस्पिटल (नीजि अस्पताल) मा भर्ना गरिएको हो ।

हिरासतमा बस्न उनले अनिच्छा देखाएर बिरामी भएको बाहाना गरेपछि उद्योगी तुल्स्यानलाई अस्पताल भर्ना गरिएको स्थानीय उद्योगीहरु मध्येकै एकले नाम उल्लेख नगर्ने शर्तमा बताए । यो सहजता आर्थिक चलखेल विना सम्भव नहुने उनको दावी छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले भने ‘अन इजी’ भयो । प्रेसर लो भयो, अस्पताल जान्छु भने पछि अभियुक्त उद्योगी तुल्स्यानलाई पहिले सरकारी अस्पताल ( नारायणी अस्पताल ) लगिए पनि त्यहाँका चिकित्सकले नीजि अस्पतालमा लान रेफर गरेपछि वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटमा भर्ना गरिएको दावी गरे ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा छापा मार्दा अवैध उद्योग संचालन गरेको फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । अस्पताल भर्ना गरिएका भनिएका उद्योगी तुल्स्यानको अवस्था बुझ्न वीरगन्ज हेल्थ केयर हस्पिटलमा पुगेका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई भने आइसियूमा राखिएको छ भनी प्रहरीले भेट गर्न रोकेको उनले बताए । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने ‘आर्थिक चलखेल भएको हुन सक्छ ।’
राजधानीबाट

Skip This
Logo