यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ

यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ


निजगढ । महिलामाथि दुव्र्यवहार गरेको आरोपमा सिम्रौनगढ नगरपालिकाका उपमेयरका श्रीमान पक्राउ परेका छन् । फोनमार्फत आफूलाई अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी थिईन् ।

उजुरीको आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिका–७ खजानीका २९ वर्षीय जयन्त कुशवाहालाई नियन्त्रणमा लिएको हो । कुशवाहा सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाका श्रीमान जयन्तलाई उजुरीकर्ता महिलासँग निजगढस्थित होटल गुरुङमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक सानुराम भट्टराइले जानकारी दिए ।

फोनमार्फत कुशवाहाले दुर्व्यवहार गरेको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकी थिइन् । कुशवाहाले फोनबाट अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएपछि सूचना दिएर महिलाले निजगढस्थित होटलमा भेट्ने योजना बनाएको प्रहरीको भनाई छ ।

कुशवाहा सिम्रौनगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनी प्रदेश २ का सभामुख सरोज यादवका स्वकीय सचिव समेत हुन् । स्वकीय सचिवमा नियुक्त भए पनि कुशवाहा श्रीमती रिनालाई नगरपालिकाको काममा सघाउँदै आएका थिए ।

Logo