महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने चोर पक्राउ

महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने चोर पक्राउ


एजेन्सी । धनमाल तथा गरगहना चोरेको सबैले देखेका र सुनेकै हुन्छौं । तर कसैले जुत्ता चोर्यो भन्दा अचम्म लाग्न सक्छ । त्यो पनि सुँघेर यौन आनन्द लिन महिलाका जुत्ता चोर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जापानमा माकोटो इन्डो नाम गरेका एक व्यक्तिलाई महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन् । महिलाले लगाएर मैलो भएका जुत्ता चप्पल चोर्ने र ती जुत्ता चप्पललाई सुँघेरे यौन आनन्द प्राप्त गर्दै आएका थिए ।

आफूलाई महिलाले लगाएका जुत्ताको गन्धले यौन आनन्द दिने उनले प्रहरीसमक्ष बयान दिएका छन् । अझ रोचक त के भने केवल महिलाका मात्र होइन, पुरुषका जुत्ताको गन्धले पनि उनलाई उस्तै यौन आनन्द दिने रहेछ ।

उनको निवासबाट प्रहरीले ठूलो संख्यामा चोरीका पुराना जुत्ता चप्पल बरामद गरेको छ । पक्राउ परेका उनीमाथी प्रहरीले चोरीको आरोपमा मुद्दा हालेको छ । अर्को रोचक कुरा त के भने एक वर्षको अवधीमा उनले झण्डै ३ लाख रुपैयाँ बराबरका जुत्ता चप्पल चोरेका रहेछन् ।

यसरी जुत्ता चप्पल सुँघेर यौन आनन्द प्राप्त गर्ने अनौठो बानी भएका उनी विश्वमै पहिलो व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

Logo