केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

विप्लवको तरङ्गदेखि यातायातको सिण्डिकेटसम्म

विप्लवको तरङ्गदेखि यातायातको सिण्डिकेटसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

‘संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती कि जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?’- कांग्रेस

नेपाली काँग्रेसले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार पार्टी कार्यालयमा सानेपामा पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गरेको हो । कांग्रेसले ५ बुंदे बिज्ञप्ति प्रकाशन गरेर सरकार र सिके राउतबीच भएको सहमतिमा कडा आपत्ति जनाएको छ । पाँच बुँदे प्रेस विज्ञप्तिमा कांग्रेसले सहमतिमा रहेको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ शब्दको को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह भन्ने नै बुझिने ठहर गरेको छ। “संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?” बिज्ञप्तिमा सरकारलाई प्रश्न गरिएको छ।

विप्लवलाई प्रतिबन्धपछि सरकारको चर्को आलोचना, कसले के भने ? (भिडियो रिपोर्ट)

सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अहिले सो निर्णयको चर्काे आलोचना भईरहेको छ । आम सर्वसाधारण, बौद्धिक वर्गदेखि सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरुले सरकारी निर्णयको आलोचना गरिरहेका छन् । कतिपयले सरकारलाई निर्णयको पुनर्निवचार गर्न आग्रह गरेका छन् भने कतिपयले सरकारको यो निर्णयले मुलुकमा झन अशान्ति निम्तिने आंकलन गरेका छन् । सत्तापक्षकै नेता कार्यकर्ताले पनि यो सन्दर्भमा खुलेर सरकारको बिरोध गरिरहेका छन् भने प्रतिपक्ष दलका नेताहरुले पनि यसको बिरोध गरिरहेका छन् ।

हटेन सिण्डिकेट, तेस्रो पटक थपियो म्याद

सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महिना थपिएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो । कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि तीन महिना थप भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

सीके राउतसँग गरिएको ११ बुँदे सम्झौता जलाइयो (फोटोफिचर)

सरकारले सिके राउतसंग गरेको ११ बुँदे सम्झौताको प्रति जलाईएको छ। काठमाडौँको माइतीघरमा भेला भएका “स्वतन्त्र राष्ट्रिय अभियान”का अभियन्ताहरुले सम्झौताको प्रति जलाएका हुन्।सरकारले पृथकतावादी खुला गतिविधिलाई मान्यता दिने गरि सम्झौता गरेकाले सम्झौताको राप्ती जलाउनु परेको अभियन्ताहरुले बताएका छन्। उनीहरुले उक्त सम्झौता तत्काल खारेज गर्न पनि माग गरेका छन्।

निर्मला प्रकरणः एसपी दिल्लीराज र डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।उनीहरुका नाममा ३५ दिने वारेन्ट जारी भएको छ । अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको जिल्ला अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

विप्लवलाई प्रतिबन्ध र रेशमलाई जेल हाल्नु सही निर्णय- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो निर्णय सही भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सही भएको प्रतिक्रिया दिएका हुन्।

धुलिखेलमा साहसिक खेल सुपरम्यान फ्लाइङको शुरुवात

भरतपुर महानगरको कार्यालयमा सिलिण्डर बम बिस्फोट

विप्लवलाई प्रतिबन्धबारे के भन्छन् नेताहरु ?

बाबुरामले सम्झे आफ्नो टाउको मुल्य ५० लाख तोकिएको पल

नेपालको भूमि फिर्ता गराउन पहिलो पटक जेनेभामा विरोध प्रदर्शन

कम्प्युटर छ, सिकाउने शिक्षक छैन

प्रधानमन्त्रीको सनकले गर्दा मुलुक द्वन्द्वतर्फ- गगन थापा

विप्लवलाई प्रतिबन्ध लगाएकोमा नेकपाकै सांसदको असन्तुष्टि

कोमल वलीले संसदबाटै मागिन् माफी

खेलकूद विधेयक प्रस्ताव स्वीकृत

कसले टुक्रायो ज्योतिष हरिहरको एउटा सपना ?

भक्सवागनले ७ हजार कर्मचारी हटाउने

एउटै पर्दामा देखिदैं सारा र कार्तिक आर्यान

महिलाको महिनावारीबारे पुरुषले जान्नैपर्ने कुरा

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo