श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते, शरिरभर निलडाम

श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते, शरिरभर निलडाम


ओखलढुंगा । श्रीमानको कुटाईबाट एक श्रीमती गम्भीर घाइते भएकी छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीका २७ वर्षीय भुईमान रुम्जाली राईको कुटाईबाट २९ वर्षीया श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन् । उनको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

घरायसी विवादमा भुइँमानले निर्मलालाई मराणासन्न हुनेगरी कुटेका हुन् । उनको शरीरभर चोट लागेको छ । उनको अवस्था अहिले स्थिर रहेको मिसन अस्पताललाई उद्धृत गर्दै ओखलाढुंगा प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको छ । पक्राउ परेका उनीविरुद्ध पीडित श्रीमती निर्मलाले किटानी जाहेरी दिएकी छन् । घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

मादक पदार्थ सेवन गरेर श्रीमान श्रीमतीबीच नै झगडा परेको थियो । त्यही क्रममा भुईमानले निर्मलामाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

कुटपिटबाट निर्मलाको जिउँभर निलडाम र गालामा चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले निर्मलाको उद्धार गरेर मिसन हस्पिटलमा उपचारको लागि लगिएको थियो ।

उनको अवस्था सुधारउन्मुख रहेको छ । भुईमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । समाजसेवी सरिता गुरुङले यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी थिईन् । उनीहरुका २ वर्ष र ६ वर्षकी दुई छोरी छन् ।

उक्त घटनाप्रति नेपाल प्रहरीको हेडक्वाटर, राष्ट्रिय मानवअधिकार आयोग, महिला अधिकारकर्मीहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले घटनामा पीडकलाई कडा कारवाही र पीडितलाई निःशुल्क उपचार तथा न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

photo credit by: Sarita Gurung

Logo