मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु


हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको थियो ।

Logo