वाइल्ड बन्न चाहने प्रियंकाको कामुक अवतार (फोटोफिचर)

वाइल्ड बन्न चाहने प्रियंकाको कामुक अवतार (फोटोफिचर)


बलिउड सेलिब्रेटीहरुको ‘होली डे डेस्टिनेशन’ हो इन्डोनेसियाको बाली । हनिमून डेस्टिनेशनका रुपमा समेत लिईन बालीमा यतिबेला नेपालका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले प्यार साटिरहेका छन् ।

नेपाली फिल्म इन्डस्ट्रीको ‘हट कपल’ मानिने प्रियंका र आयुष्मानको तस्बिरहरुले यतिबेला सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राम तातिरहेको छ । उनीहरुको ‘भ्याकेसन मूड’को रोमान्टिक तस्बिरहरु अहिले भाइरल बनिरहेको छ ।

प्रेमी आयुष्मानले प्रियंकालाई सरप्राइज ट्रिप दिएका हुन् । केही दिनअघि मात्रै यि जोडी छुट्टी मनाउन इन्डोनेसियाको बाली पुगेका थिए । बाली उडेदेखि नै यि दुईको चर्चा चुलिएको थियो । प्रियंकाले आफ्नो प्रेमीलाई सरप्राइज ट्रिप दिएकोमा धन्यवाद पनि दिएकी छन् । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा क्लिक गरेको एक तस्बिर पोष्ट गर्दै प्रियंकाले क्याप्सनमा लेखेकी छन्, ‘एण्ड वी आर अफ’ ।

बाली पुगेको पहिलो दिन प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘तिमीले मलाई जीवनभरको लागि वाचा गरेको छौं र मलाई विश्वास गर म तिमी सँगै रहेर संसार हर्नेको लागि निकै आतुर छु ।’ उक्त दिनको फोटोहरुमा प्रियंकाले ब्ल्याक कलरको पारदर्शी लुगा लगाएकी छिन् । तस्बिरहरुमा उनी निकै हट देखिएकी छिन् ।

त्यस्तै दोस्रो दिन आयुष्मानलाई किस गर्न लागेको तस्बिर राखेर लेखेकी छन्, ‘पछिल्लो दुई बर्षमा म हजारौ पटक प्रेममा परे । हरेक पटक कठिन, हरेक पटक मजबुत, हरेक पटक तिमीसँगै ।’ अर्को तस्बिरमा लेख्छिन्, ‘उसको हातहरु हरेक डर, हरेक सुन्दर टुटेको टुक्रा थाम्नको लागि मजबुत छ । उसले सिर्फ मलाई पुरा महसुस गराउँदैन्, उसले नै मलाई पुरा गरेको छ ।’

त्यस्तै प्रियंकाले तेस्रो दिन ह्वाइट कलरको बिकिनीमा प्रियंका निकै हट देखिएकी छिन् । बालीको समुन्द्री तटमा मस्ति गरिरहेको उक्त तस्बिरमा प्रियंका निकै खुलेकी छिन् । ह्वाइट बिकिनीमा ह्वाइट नै जालीदार आउटर लगाएको आर्कषक फोटोमा उनी निकै कामुक देखिएकी छिन् । उसको कामुक अवतारको तस्बिरको क्याप्सनको लागि उनले शब्द पनि त्यस्तै जुराइन्, ‘म वाइल्ड बन्न चाहन्छु, सुन्दर र स्वतन्त्र । समुन्द्र जस्तै ।’

त्यसो त आयुष्मान देशराज जोशीसँग इंगेजमेन्ट गरेपछि उनी करियरसँगै हुनेवाला जीवनसाथीसँग प्यार साटिरहेका छन् । केही समय अघि मात्र उनीहरुले आयंका फाउन्डेसन स्थापना गरेर सामाजिक सेवाको क्षेत्रमा काम सुरु गरेका थिए ।

Logo