अर्थ तथा विकास समिति सदस्यमा दीपक मनाङे नियुक्त

अर्थ तथा विकास समिति सदस्यमा दीपक मनाङे नियुक्त


दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य बनेका छन् । मनाङेलाई गण्डकी प्रदेशसभाले १३ सदयस्यीय अर्थ तथा विकास समितिको खाली रहेको एक सदस्यमा नियुक्त गरेको हो।

दिपक कोइराला सभापति रहेको यो समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने गर्छ।  विभिन्न विवादित मुद्दामा मुछिएका उनले निर्वाचित भएको झन्डै १४ महिनापछि प्रदेशसभा सदस्यकाे शपथ लिएका थिए ।

उनी मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए।

Logo