पाकिस्तान सुपर लिग सकेर सन्दिप स्वदेश फर्कदै

पाकिस्तान सुपर लिग सकेर सन्दिप स्वदेश फर्कदै


राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् ।

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको १० खेलमा छ अङ्क जोडेको थियो । उनकोे टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

Logo