प्याब्सनको महाधिवेशन आजबाट

प्याब्सनको महाधिवेशन आजबाट


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ।

‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा महाधिवेशनको उद्घाटन हुदैछ। महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि सहभागी हुँदैछन् ।

महाधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि टीकाराम पुरी समूहले उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि पेशागत व्यावसायिक सङ्क्रमणकाल अझै बाँकी रहेको भन्दै पुरीले राष्ट्र र समाजप्रति निजी बिद्यालयलाई थप उत्तरदायी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पेशागत समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपाल आचार्य, कृष्ण खनाल, अनिलकुमार झा र दिपीका थापा, प्रदेश नं १ उपाध्यक्ष नारायण घिमिरे, प्रदेश नं २ उपाध्यक्षमा गोपाल कार्की, प्रदेश नं ३ उपाध्यक्षमा शान्तिविक्रम बानियाँ, गण्डकी प्रदेश उपाध्यक्षमा माधवशरण उपाध्याय, प्रदेश नं ५ उपाध्यक्षमा विष्णु पन्थी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा फणिन्द्रराज विडारी उम्मेदवार बनेका छन् । यस्तै महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा मधु लोहनी उम्मेदवार बनेका छन् ।

अर्को समूहबाट अध्यक्षमा डिके ढुङ्गानाले उम्मेदवारी दिंदै छन् । प्याब्सनको जिल्लास्तरीय पददेखि अहिले वरिष्ठ उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालिसकेका ढुङ्गानाले प्याब्सनको अध्यक्षमा निर्वाचित भए शिक्षाको क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्याब्सन अध्यक्षका प्रत्यासी डिके ढुंगानाको यस्तो दाबी (भिडियोमा)

Logo