राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने

राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने


काठमाडौँ

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको देशव्यापी मेची महाकाली यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने बताएको छ ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान नाम दिइएको उक्त यात्रा चैत १ गते मध्याह्न सवा १२ बजे कलश यात्रा र आमसभासहित समापन गर्ने बताएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले आजै दाङको तुलसीपुरमा कोणसभा गर्ने, घोराहीमा आमसमभा गर्ने, कपिलवस्तुको चनदौंटा र गोरुसिंगे त्यस्तै रुपन्देहीको वनगाई सालझण्डीमा कोणसभा गरी बुटवलमा विशाल आमसभा गर्ने तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले यसअघि फागुन ७ गते विभिन्न माग राखेर प्रधानमन्त्रीसमक्ष २२ बुँदे माग राखेको थियो । हिन्दुराष्ट्र र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे जनमतसंग्रह गर्नुपर्ने, २०७० सालपछि भएका सरकार गठनका उच्चपदस्थ राजनीतिज्ञ, तथा उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने लगायत माग राख्दै राप्रपाले मेची–महाकाली यात्रा गरेको हो ।
नागरिकबाट

Skip This
Logo