कोरोनाविरुद्धको खोपबाट १२ वर्ष मुनिका बालबालिकाका वञ्चित

कोरोनाविरुद्धको खोपबाट १२ वर्ष मुनिका बालबालिकाका वञ्चित


काठमाडौं ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीविरुद्धको खोप बनेको घोषणा भएपछि विश्वभर उत्साह छायो । खोप बनेको घोषणासँगै संसारभर यसको अर्डर दिने क्रम चलेको छ । अहिले बनेको भनिएको खोप भने १२ वर्ष मुनिका बालबालिकाका लागि प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

डा. गौतमले दिएको जानकारी अनुसार नेपालको सन्दर्भमा त्यसभन्दा माथिका कुल जनसंख्याको २० प्रतिशतलाई कोभ्याक्स भन्ने सुविधा छ । ग्लोबल भ्याक्सिन लाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन मिलेर नेपालका लागि उक्त सुविधा सृजना गरेका छन् । कोभ्याक्सले नेपालका लागि चाहिने २० प्रतिशत खोप न्यून शुल्कमा नेपाल भित्र्याउने भएको छ । यो नेपालका २० लाख मानिसका लागि प्रयोग गर्न सकिने भएको छ ।

२० प्रतिशत खोपमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने, फ्रन्ट लाइनमा बसेर काम गर्नेहरुलाई ३ प्रतिशत खपत हुने अनुमान गरिएको छ । त्यसैगरी १७ प्रतिशत ५५ वर्ष कटेकालाई दिने कार्यक्रम तय भएको छ । बाँकी ८० प्रतिशतहरुका हकमा आवश्यक प्रस्ताव तयार पार्ने, खोप तालिम, भण्डारण लगायतका क्षेत्रका लागि विभिन्न समितिहरु बनेका छन् । यो विषयमा दुई साता अघि नै मन्त्रिपरिषद्ले प्रस्ताव आह्वान गर्ने निर्णय गरिसकेको छ ।

सरकारले संयुक्त राष्ट्रसंघ, एनजीओ, आईएनजीओ, विदेशी दातृ निकाय, देशभित्रै सञ्चालनमा रहेका विभिन्न संघसंस्थाका साथै सरकारसमेत खोपका लागि अर्थव्यवस्थापन गर्न लागेको प्रवक्ता गौतमले जानकारी दिए । सरकारले कोरोना संक्रमण शुरु भएपछि नेपालमा काम गर्ने दातृ निकायलाई नेपालमा गर्ने लगानीको २० प्रतिशत कोभिड १९ को क्षेत्रका लागि छुट्याउन आह्वान गरेको थियो ।

‘नेपालमा कोरोनाविरुद्धको खोप भित्रिँदा पनि आउँदा दिनको बजेटबाट २० प्रतिशत खोपका लागि छुट्याइदिनुस् भन्ने प्रस्ताव अघि सार्ने तयारीमा हामी छौं । यसका साथै खोप कुन कुन निकायलाई पहिला लगाउने र कसरी लगाउने भन्ने बिषयमा पनि क्षेत्र छुट्याएका छौं।’ –उनले भने।

नेपालले खरिद गर्ने खोप सस्तो, राम्रो, गुणस्तरीय, नेपालका लागि चाहिने जति दिने कम्पनीसँग नेपालले कुराकानी अघि बढाउने भएको छ । नेपालले यसका लागि जुन मुलकले उत्पादन गर्यो त्यो मुलुकमा खोप लगाएको मात्रै खरिद गर्ने भएको छ । त्यसैगरी नियमनकारी विश्व स्वास्थ्य संगठनजस्ता निकायबाट स्वीकृत भएको खोप मात्रै नेपाल भित्र्याउने तयारी सरकारले गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

कोलचेन मेन्टेन, भण्डारण, लागत खर्च लगायतका विषयमा विगतमा लगाइराखेको जस्तो डिग्रीको खोप पाइयो भने भण्डारण थप्ने तयारीमा सरकार लागेको छ भने माइनस २० र माइनस ७० डिग्रीको भण्डारण गर्नुपर्ने भयो भने त्यसका लागि छुट्टै संरचना बनाउने तयारीमा सरकार जुटेको छ ।नेपाल समाचारपत्रबाट

Logo