मन्दिरका शालिग्राम शिला चोरी गर्ने ३ जना पक्राउ

मन्दिरका शालिग्राम शिला चोरी गर्ने ३ जना पक्राउ


पर्वत

जिल्लाको कुश्मा नगरपालिका वडा न ५ मोदीवेणी धाम स्थित राता नरसिंह मन्दिरबाट शालिग्राम चोरी गर्ने ३ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरिएका ३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रातको १ बजे मन्दिरको ताल्चा फोरी उनीहरुले मन्दिरका बहुमूल्य शिला चोरी गरेका थिए ।

चोरीको अभियोगमा पक्राउ पर्नेमा कुश्मा ४ का कसम पुन, कुश्मा ६ का सुमन गुरुङ र लेखबहादुर नेपाली रहेका छन् । चोरीमा संलग्न कुश्मा ५ मा बस्ने अञ्जन बराइली भने फरार रहेका छन् । प्रहरीले बराईलीको खोजी भईरहेको जनाएको छ । उनीहरुले मन्दिरबाट भेटि वापत चढाएको नगद सहित मूल्यवान शालीग्राम शिला चोरेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न उनीहरुलाई जिल्ला अदालत पर्वतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । तिवारीका अनुसार मन्दिरका पुजारीको उजुरीका आधारमा गोप्य र वैज्ञानिक अनुसन्धानबाट उनीहरु पत्ता लागेका हुन् ।

पक्राउ गरिएका उनीहरुबाट मन्दिरका ३६ थान शिला बरामद गरिएको तिवारीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक तिवारीले पक्राउ परेका उनीहरुले के कारणले शिलाको चोरी गरेका हुन् भन्नेबारे थप अनुसन्धान भईरहेको बताए ।
राजधानीबाट

Logo