निर्मला काण्डः मानवअधिकार संगठनले गुपचुप प्रतिवेदन सच्यायो

निर्मला काण्डः मानवअधिकार संगठनले गुपचुप प्रतिवेदन सच्यायो


काठमाडौं । अदालतमा मुद्दा परेपछि नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो प्रतिवेदन सच्याएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको ह्युरोनले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदन गुपचुपमा सच्याएको हो ।

ह्युरोनको पुरानो प्रतिवेदनमा बम दिदिवहिनीबारे ।

उक्त प्रतिवेदनमा समावेश गरिएका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड गरेको हो । ह्युरोनले गत असोज १० गतेको मिति राखी संगठनको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनमा ‘बम दिदीबहिनीमध्ये जेठी बबिता बम डान्सबारमा डान्सरको रुपमा कार्यरत छिन्’ र ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटलमा एक बर्थ डे पार्टी भएको’ लेखिएको थियो । उक्त प्रतिवेदनको बूँदा नम्बर २ मा सो कुरा उल्लेख गरिएको थियो ।

ह्युरोनको सच्याईएको प्रतिवेदनमा बम दिदिवहिनीबारे ।

तर अहिले ह्युरोनको वेबसाइटमा अपलोड गरिएको प्रतिवेदनमा उक्त कुरा हटाईएको छ । प्रतिवेदनमा बबिता बम डान्सबारमा डान्सर भएको तथ्य हटाइएको हो ।

त्यसैगरी ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटल’ लेखिएकोमा त्यसलाई संशोधन गरी ‘घटना भएको दिन निज आवतजावत गर्ने भनिएको ओपेरा होटल’ बनाइएको छ । उक्त प्रतिवेदन सच्याइएको वा संशोधन गरिएको बारे कुनै पनि जानकारी राखिएको छैन् । सच्याउँदा समेत प्रतिवेदनको मिति पुरानै (असोज १०) नै राखिएको छ ।

केही दिन अघि काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै बम दिदिवहिनीले उक्त प्रतिवेदन झुटा रहेको र आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै न्यायको अपिल गरेका थिए ।

ओपेरा होटलको डान्सबारमा काम गर्ने भन्दै उल्लेख गरिएकी रोशनीकी दिदि बबिताले आफु डान्सबार नरहेको प्रष्ट पारेकी थिईन् । उनीहरुले ह्युरोनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालविरुद्ध मुद्दा हालेका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा बम दिदिवहिनीले गाली बेइज्जती तथा मानहानीको मुद्दा हालेका हुन् । उक्त मुद्दा परेपछि ह्युरोनले रातारात आफ्नो प्रतिवेदन सच्याएको हो ।

Skip This
Logo