इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको विमान स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको हो । "/>

१४९ यात्रु सवार विमान दुर्घटनाग्रस्त

१४९ यात्रु सवार विमान दुर्घटनाग्रस्त


१४९ जना यात्रु र चालक दलका आठजना सदस्य सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको विमान स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको हो ।

एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइने छ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।”

प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्दै “दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” व्यक्त गरेका छन्। एजेन्सी

Logo