‘आन्टी’ भनेर बोलाउँदा किन रिसाइन् करिना ?

‘आन्टी’ भनेर बोलाउँदा किन रिसाइन् करिना ?


सय करोड क्लबकी अभिनेत्री हुन् करिना कपूर । सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् उनी ।

हिट फिल्महरुमा आफ्नो अभिनयको जादु देखाउन सफल उनी एक बच्चाको आमा भैसकेकी छिन् । एक बच्चाको आमा भइसकेकी करिनाको सुन्दरतामा अझै पनि कुनै कमि आएको छैन् । उनी फेसनमा अति नै कन्सस छिन् । फेसनेवल पहिरनको कारण उनी मिडियामा सधैं छाइरहन्छिन् ।

बलिउड सेलिब्रेटीहरु फिल्मको बारेमा मात्र नभएर बेला बेला व्यक्तिगत कुराले पनि चर्चामा आइरहन्छन् । उनीहरुको सोसल मिडियामा धेरै नै चर्चा हुने गर्छ । हालै एक सोमा करिना सोसल मिडियामा ‘आन्टी’ भनेर सम्बोधन गर्नेसँग रिसाइन् ।

उनले आफ्नो रिस अरबाज खानको नयाँ शो मार्फत पोखेकी हुन् । यस सोको एक एपिसोडको भिडियो सोसल मिडियामा आएको छ । यस भिडियोमा अरबाज करिनासँग कुरा गरिरहेको देखिन्छ । अरबाजले सोसल मिडियामा करिनाको लागि गरिएको कमेन्ट देखाउँछन् । यस कमेन्टमा युजरले करिनाको लागि यस्तो लेखेका थिए, ‘अब तिमी एक आन्टी हौ…. एक किशोरी जस्तो कपडा लगाउन र त्यस्तो व्यवहार गर्न बन्द गर ।’ यो कमेन्ट पढेपछि करिना मुस्कुराइन् ।

त्यसपछि यस्तो घटिया टिप्पणी रहेको भन्दै आक्रोश व्यक्त गरिन्, ‘मानिसहरु यस्तो कुरालाई नजरअन्दाज गर्छन् । महसुर हस्तिहरु, अभिनेताहरु, अभिनेत्रीहरुको भित्र पनि फिलिङ्स र इमोसन हुन्छ । तर, उनीहरु यस्तो सोच्दैनन् । जसलाई जे मनमा आयो त्यहि लेखि दिन्छन् । उनीहरु हामीबाट यस्तो ‘उम्मिद’ राख्छन् कि हामी सबै कुरा हल्का रुपमा लिइरहेका छौ ।’

करिना आफ्नो फेसनेवल कपडाको कारण अक्सर सोसल मिडियाको प्रयोगकर्ताहरुको निशानामा पर्छिन् । करिना अहिले फिल्म ‘गुड न्युज’ को सुटिङमा व्यस्त छिन् ।

Logo