२०७३ फागुन २६ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका आनन्दबजार । संयौंको संख्यामा नेपाली सीमा क्षेत्रमा । "/>

सम्झनामा शहीद गोविन्द गौतम, राज्यले विर्सियो !

सम्झनामा शहीद गोविन्द गौतम, राज्यले विर्सियो !


कञ्चनपुर ।

२०७३ फागुन २६ गते ।
कञ्चनपुरको पुनर्वास नगरपालिका आनन्दबजार ।
संयौंको संख्यामा नेपाली सीमा क्षेत्रमा ।

दुई वर्ष अघि अर्थात आजकै दिन पुनर्वासको आनन्दबजारमा नेपाल–भारत सीमा क्षेत्रमा निकै दुखदायी घटना घटेको थियो । नेपाली भूमिका कल्भर्ट निर्माण गर्दा भारतीय पक्ष रोक लगाउँछन् । आफ्नै भूमिमा पनि कल्भर्ट निर्माण गर्न अरुको देशको अनुमति चाहिने भन्दै नेपाली आक्रोशित हुन्छन् । भारतीय पक्षले उक्त भूभाग आफ्नो भएको जिकिर गर्छन् । भारतीय पक्षले उक्त कल्भर्ट भत्काउन खोज्छन् । नेपालीहरु त्यसको प्रतिकारमा उत्रन्छन् ।

सीमा क्षेत्रमा व्यापक मात्रामा भारतीय सुरक्षाकर्मी तैनाथ । नेपालतिर भने सयौंको संख्यामा स्थानीय तथा दर्जनजति प्रहरी । दुवै पक्षबाट ढुंगा हाहाना हुन्छ । यो क्रम केही समय चल्दै जान्छ । भारतीय सुरक्षाकर्मीसँगै रहेका भारतीय नागरिक ढुंगा मुढा प्रहार गर्छन् ।

दुवै पक्षका नागरिक घरेलु हतियारमा उपस्थित हुन्छन् । दुवै पक्षबीच ढुंगा हानाहान लामो समय चल्छ । त्यक्तिकै एक सशस्त्र प्रहरी बलका अधिकारी भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग कुरा गर्छन् । तर उनको कुराले कुनै सार्थकता पाउँदैन् ।

दुवै पक्षबीचको दुरी जम्मा १० मिटर जति हुन्छ । दुवै पक्ष नजिकिदैं जान्छन् । एसएसबीले नागरिकलाई ढुंगा प्रहार गर्नमा कुनै रोक लगाउँदैन् । तर नेपालका सुरक्षा निकायले भने नेपाली नागरिकलाई ढुंगा प्रहार गर्नमा रोक लगाउँछ ।

गोलीगठ्ठासहित तैनाथ भारतीय एसएसबीले गोली चलाउँछन् । हवाई फायर नभई हत्या नै गर्ने गरी गोली चलाउँदा नेपाल प्रहरीका जवान पछाडि रहेका एक व्यक्ति ढल्छन् । आफ्नो भूमि मिचिएको विरोधमा प्रतिरक्षा गर्न गएका नेपाली गोली लागेर ढलेपछि सबै स्तब्द हुन्छन् । त्यसपछि भारतीय पक्षपनि एकाएक पछि हट्छ ।

गोली लागेर ढलेका व्यक्ति त ३२ वर्षीय गोविन्द गौतम पो रहेछन् । उनी आफ्नो भूमिलाई अर्को देशबाट हस्तक्षेप हुँदा सहन नसकेर सीमा क्षेत्रमा पुगेका थिए । तिनै गोविन्द गौतम सीमाको रक्षा गर्दा गर्दै शहीद भए ।

चौतफी दवावपछि सरकारले गौतमलाई शहीद घोषणा गरेको थियो । साथै उनको आश्रित परिवारलाई १० लाख रुपैयाँ पनि आर्थिक सहायता दिएको थियो । आजको उनको तेस्रो स्मृति दिवस मनाईएको छ । प्रदेशसभा सरकारले गोविन्दको स्मृति दिवस मनाएको हो । केन्द्र सरकारबाट कुनै पनि कार्यक्रम गरिएको छैन् ।

पुनर्बास नगरपालिकाले स्मृति दिवस मनाएको छ । उक्त स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित संयौ व्यक्तिको उपस्थिति रहेको थियो ।

Logo