शब्द चयनमा सरकार चिप्लियो-विवेकशील नेपाली

शब्द चयनमा सरकार चिप्लियो-विवेकशील नेपाली


विवेकशील नेपाली दलले सरकार र सिके राउत पक्षबीच भएको सहमतिमा शब्द चिप्लिएको भन्दै ध्यानाकर्षण गराएको छ।

सिके राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमतिको स्वागत गर्दै पार्टीले हतार/हतारमा गरिएको जस्तो देखिने सहमतिमा केही शब्द चयनमा सरकार चिप्लिएको बताएको हो ।

‘उक्त कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुति सरकारको नेतृत्वको हैसियतमा हो कि दलको नेताको रूपमा हो, कतिपय सन्दर्भमा छुट्टाउन नसकिने खालका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘सहमतिको प्रक्रिया पारदर्शी थिएन। तसर्थ, आम नागरिकहरूप्रति जवाफदेहीताका निम्ति नेपाल सरकारले यी सम्पूर्ण प्रक्रियाको श्वेत पत्र जारी गर्न समेत विवेकशील नेपाली जोडदार माग गर्दछ।’

Logo