युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नेवारी गीत ‘ओ मइचा’ (भिडियोसहित)

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नेवारी गीत ‘ओ मइचा’ (भिडियोसहित)


युट्युब ट्रेन्डिङमा सम्भवत पहिलो पटक नेवारी गीत ‘ओ मइचा’ पहिलो नम्बरमा परेको छ।

नेपाली र नेवारी भाषामा गाइएको यो गीतको भिडियो अहिले सम्म १३ लाख २० हजार पटक हेरिसकेको छ।  व्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको स्वर रहेको गीतमा माया प्रेममा  परिवारको अवरोधको बिषयलाई समेटिएको छ । शब्द तथा संगीत वियोन्डको रहेको गीतको भिडियो निर्देशन वियोन्ड र व्रिजेशले गरेका छन् ।

भिडियोमा सञ्जय राउत, गीता प्रधान, सेजल ताम्राकार लगायत फिचर्ड छन् ।

Logo