औषधिमा विदेशी बजारको रजाइँ, आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल

औषधिमा विदेशी बजारको रजाइँ, आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल


काठमाडौं

सरकारले नेपाली औषधि उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको छ ।

नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएको थियो । तर आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ ।

सरकारले ०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि कार्यतालिकासहित स्वास्थ्य मन्त्रालयमा पेस गरिएको थियो ।

मन्त्रालयबाट ०७४ जेठमा नै कार्यतालिका बमोजिम औषधि व्यवस्था विभागमा पत्र पठाए पनि झन्डै दुई वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

जसकारण अझै भारत, बंगालदेश, चीन, बेल्जियम लगायतबाट नेपालमै उत्पादन भई आत्मनिर्भर भएका औषधिसमेत आइरहेका छन् ।स्रोतका अनुसार सरकारका उच्च अधिकारी विदेशी औषधि आयातकर्ताको दबाबमा निर्णय कार्यान्वयमा आलटाल गरिरहेका छन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार सरकारी बेवास्ताका कारण ३० प्रकृतिका औषधि निर्वाध रूपमा विदेशबाट भित्रिरहेका छन् ।
राजधानीबाट

Logo