#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31231475965065744415022822260
नेपाल641224111747846233

यी हुन् राष्ट्रपति पुरस्कार पाउने ५ किसान (भिडियोमा)

सरकारले पाँच जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ५ जना उत्कृष्ट कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गर्नु भएको हो । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच मन्त्री खनालले ३ जना विमा कम्पनीलाई पनि पुरस्कृत गर्नु भएको छ ।

यस वर्ष सर्वोत्कृष्ट पुरस्कार भने गोरखाका गाईपालक कृषक राजेन्द्रराज पन्तले पाउनु भयो । त्यसैगरी चितवनको बाख्रा पालक कृषक योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ कृषक लालबहादुर सुनार, धनुषाका माछा पालक कृषक बौएलाल मुखिया र कैलालीका केरा कृषक रामबहादुर कुँवरलाई उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको छ । विमातर्फ एनएलजी इन्स्योरेन्स सर्वाेत्कृष्ट भयो भने सिद्धार्थ इन्स्योेरेन्स र लुम्विनी जनरल इन्स्योरेन्स उत्कृष्ट भएका छन । सर्वोत्कृष्ट कृषकहरुलाई नगद २ लाख र उत्कृष्ट किसान र विमा कम्पनीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरिएको छ । सरकारले हरेक वर्ष उत्कृष्ट कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु