सीके राउत भन्छन्, ‘राज्यमा हुनसक्ने भयावह अवस्थाको सुरक्षित अवतरण’

सीके राउत भन्छन्, ‘राज्यमा हुनसक्ने भयावह अवस्थाको सुरक्षित अवतरण’


काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले देशमा हुनसक्ने भयावह अवस्थाको सुरक्षित अवतरण भएको बताएका छन् । स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन सुरु गरेका सीके राउतसँग सरकारले ११ बुँदे सहमति भएपछि भयावह अवस्थाको अन्त्य भएको बताएका हुन् ।

‘केही वर्षदेखि विकराल रुपमा उठिरहेको मुद्दा, जसबाट राज्य पक्ष उतिकै चिन्तिक थियो । हामी पनि त्यतिकै चिन्तित थियौं । त्यसले कस्तो भयावह रुप लेँला भन्ने थियो । त्यसको बडो सहज रुपमा, शान्तिपूर्ण रपमा अवतरण भएको छ । सबै देशका नागरिकका लागि लागि ऐतिहासिक पल हो’ उनले भने ।

अखण्ड नेपाल स्वीकार गर्न राष्ट्रिय सभागृहमा आयोजना गरिएको घोषणासभामा बोल्दैं डा. राउतले त्यो अवस्थालाई शान्तिपूण रुपमा अवतरण गराउन पूर्व प्रधानमन्त्रीहरुले खेलेको भूमिका अत्यन्तै उल्लेखनिय रहेको बताए ।

बुद्धको शिष्य भएकाले अहिंसाको पक्षमा लाग्न सहयोग पुगेको उनको भनाई छ । जसको परिणाम स्वरुप आफुहरुको आन्दोलन शान्तिपूर्ण रुपमा निकासको मोड पुगेको भन्दै सबैलाई धन्यबाद दिए ।

आन्दोलन चलिरहँदा विभिन्न किसिमका भ्रमहरु छर्ने कामहरु भएको भन्दै त्यो सबै चिरिएको बताए । आफुहरुको संघर्ष भनेको आफ्नो समुदायको अधिकारका लागि भएको भन्दै त्यसलाई निष्तेज पार्न विभिन्न षड्यन्त्र गरिएको उनको दाबी छ ।

हिमाल, पहाडमा केही हुँदा हामी तराईबासीलाई पीडा हुने भन्दै तराईका जनताबारे भ्रम फैलाईएको बताए । हिंसात्मक आन्दोलन गर्न निकै सजिलो भएको तर शान्तिपूर्ण आन्दोलन गर्न निकै असहज हुने उनको दाबी छ ।

जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थालाई पनि राज्यले स्वीकार गरेको भन्दै आफुहरुलाई राजनीतिक दलको मान्यता दिएको बताए ।

यो सहमतिले सबैको जित भएको भन्दै अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला नभएको बताए । जनमतको आधारमा आफ्नो अधिकार स्वीकार गर्ने बेला आएको भन्दै जनतालाई त्यो हासिल गर्नुपर्ने बेला आएको बताए ।

५ महिना जेलमा बसेर बिहीबार मात्रै रिहा भएका राउतले देशभरका जेलहरुको अवस्था एकदमै दयनिय रहेको बताए । प्रधानमन्त्री समेत १४ वर्ष जेल बसेर आएको भन्दै देशभरका जेलको अवस्था सुधार हुनुपर्नेमा उनले जोड दिए । जेलको नुन खाएकाले पनि आफुले जेलहरुको अवस्थाबारे अवगत गराएको भन्दै राज्यले त्यसतर्फ ध्यानदिन सरकारसँग माग गरे ।

Logo