समस्याग्रस्त घोषित ओरियण्टलको कूल दायित्व १६ अर्ब वढी

समस्याग्रस्त घोषित ओरियण्टलको कूल दायित्व १६ अर्ब वढी


काठमाडौं

समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरियण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाको साँवा नौ अर्ब १२ करोड तथा गतवर्ष चैत मसान्तसम्मको ब्याज छ अर्ब ८९ करोड छ ।

सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्व अन्तर्गत रहेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका तत्कालीन अध्यक्ष सुधीर बस्नेत एवं सञ्चालकका नाममा हालसम्म छानविनबाट अचल सम्पत्ति नदेखिएको जानकारी दिनुभयो ।

उक्त सहकारीबाट पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य र अन्य साहु गरी हालसम्म सात हजार ५४६ जनाको माग दाबी निवेदन परेको समितिले जनाएको छ ।
रासस

Logo