रवीन्द्र अधिकारीलाई सम्झेर भाबुक बने प्रचण्ड (भिडियोमा)

रवीन्द्र अधिकारीलाई सम्झेर भाबुक बने प्रचण्ड (भिडियोमा)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी सम्झैर निकै भावुक बनेका छन् ।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमा बोल्दैं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड अधिकारीलाई सम्झिएर भावुक बनेका हुन् ।

प्रचण्डले मन्त्री अधिकारी र पूर्व मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

पीडित परिवारलाई पनि शोकलाई शक्तिमा बदलेर दिवंगत आफ्न्तको राष्ट्र निर्माण गर्ने अधुरा सपना पूरा गराउन अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे ।

मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प गरे ।

Logo