याख्खामा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा (तस्बिरसहित)

याख्खामा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा (तस्बिरसहित)


काठमाडौंको मख्खनस्थित याख्खामा आगलागी भएको छ । विजुली सर्ट भएर लागेको आगो ४ घण्टापछि नियन्त्रणमा लिईएको हो । बिहान ११ बजेदेखि सुरु भएको आगलागीलाई बारुण नियन्त्रण, सेना प्रहरी र स्थानीयको सहयोगमा दिउँसो चार नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट प्रकाश तुलाधरसहित तीन जनाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । साँघुरो गल्लीका कारण आगो निभाउन निकै सकस भएको थियो ।

आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयवासीले बताएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अहिलेसम्म खुलेको छैन ।

 

Logo