सर्वोच्चले भन्यो, ‘सीके राउतले कुनै अपराध गरेको देखिएन्, थुनामुक्त गर्नु’

सर्वोच्चले भन्यो, ‘सीके राउतले कुनै अपराध गरेको देखिएन्, थुनामुक्त गर्नु’


काठमाडौं । सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक समेत रहेका सीके राउतलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा गर्न भनेको हो ।

जिल्ला अदालत रौतहटले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराध अन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो ।

राउत पक्षधरले अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत जिल्लाको आदेशविरुद्ध गत १५ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

उक्त आदेशलाई वदर गर्दै सर्वोच्चले थुनामुक्त गरेर अनुसन्धान गर्न भनेको हो । सीके राउतले राज्य विरुद्ध संगठित अपराध गरेको नदेखिएको भन्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

Logo