मधेश डायरीः बाल विवाहदेखि विद्यालयको वेथितिसम्म

मधेश डायरीः बाल विवाहदेखि विद्यालयको वेथितिसम्म


सुजाता मुखिया । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत धनुषा सडकखण्डबाट करिब तीन किलोमिटर भित्र एउटा बस्ती आउँछ । मध्य तराईको उमाप्रेमपुर–३ हरिपुरमा बसोबास गर्दै आएका मानिसहरु गरिवी, अशिक्षा, बेरोजगारी लगायतका समस्या व्याप्त छ । सबै सुविधा रहेको उक्त बस्तीका मानिसहरु पनि अनौठो प्रकारका छन् ।

त्यो बस्तिमै एउटा विद्यालय छ । श्री मावि हरिपुर निगाहपुरमा करिब ८ सय विद्यार्थी अध्ययन गर्छन् । त्यसमा छात्र भन्दा छात्राको संख्या बढी छ । ८ सय जना अध्ययन गर्ने विद्यालयमा दुईवटा शौचालय छ । त्यो पनि शिक्षकहरुको लागि मात्र । विद्यार्थीहरु बाहिर जान्छन् । दुई वटा शौचालय मध्ये एउटामा ताला लगाईएको हुन्छ ।

विद्यालय ड्रेस मै क्यारेम बोर्ड खेल्दैं । तस्बिरः सन्दिप आचार्य

अर्कोमा पुरुष शिक्षकहरुले मात्र प्रयोग गर्छन् । शिक्षिकाहरुलाई विद्याललमा शौचालयको प्रयोग गर्न प्रतिबन्ध जस्तै छ । उनीहरुले जानुप¥यो भने पुरुष शौचालय । महिला शौचालय कहिल्यै खुल्दैन् । विद्यार्थीहरुको लागि अहिले आयंका फाउण्डेशनले महिलामैत्री शौचालय निर्माण गरेको छ । अब भने उनीहरुलाई केही राहत मिलेको छ । महिलामैत्री शौचालय त निर्माण गरिएको छ तर त्यो शिक्षिका तथा विद्यार्थीहरुले प्रयोग गर्न पाउँछन कि पाउँदैनन् ।

यो विषयमा शिक्षाका तथा विद्यार्थीहरुले विद्यालय प्रशासनसँग आवाज नउठाएका पनि होईनन् । उनीहरु आवाज उठाउँदा उठाउँदै थाकिसके । बाल विकास शिक्षिका कालिका मिजारले आफुहरुले शौचालय प्रयोग तथा खुला गर्न विद्यालय प्रशासनसँग पटक पटक माग गर्दा सुनुवाई नगरिएको बताउँछिन् ।

बालबालिकासँग धनुषाका स्थानीय । तस्बिरः सन्दिप आचार्य

शौचालयसँग पानीको पनि त्यस्तै समस्या छ । पिउने पानी समेत नभएको विद्यालयमा शौच गरेपछि पानी प्रयोग गर्नु त टाढाकै कुरा हो । शिक्षिकाहरु बोतलमा बोकेर पानी लगेर जान्छन् । पानी पनि शुद्ध गरिएको हुदैन्, त्यतिकै इनारबाट तान्ने अनि पिउने । उक्त ठाउँमा एउटा मात्र इनार छ । उनीहरु शुद्धिकरण नगरिकनै उक्त ईनारको पानीको प्रयोग गर्छन् ।

त्यो विद्यालयमा पढाउने शिक्षिका मिजार बाल विकास शिक्षिका हुन् । अर्थात उनले प्रि स्कूलका विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । तर उनले ५ कक्षासम्मको विद्यार्थीलाई पढाउँदैं आएकी छन् ।

शौचालय समेत नभएको धनुषाको एक विद्यालय । तस्बिरः सन्दिप आचार्य

विद्यालयमा शिक्षकको अभाव भएर भने होईन्, प्रधानाध्यापकले जवरजस्ती उनलाई ५ कक्षासम्मको विद्यार्थीलाई पढाउन लगाउँछन् । उनले ५ कक्षासम्म पढाउँदा थप पारिश्रमिक पनि पाउँदिनन् । बाल विकास शिक्षिकाको रुपमा पाउने मासिक ६ हजारमै कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । उक्त विद्यालयमा १४ जना शिक्षक÷शिक्षिका छन् ।

धनी विद्यालय, अभावै अभावमाः
श्री मावि हरिपुर निगाहपुरको आफ्नै ४५ विघा जमिन छ । तर उक्त विद्यालय अभावै अभावमा अगाडि बढिरहेको छ । त्यसको कारण हो, उक्त जमिन हडप्ने प्रवृति । पुराना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले विद्यालयको जमिन प्रयोग गरिरहेका छन् । एक जना बराबर ५ विघा सम्म जमिन प्रयोग गरेका छन् । समाजमा धनीमानी मानिसहरुले उक्त जमिन प्रयोग गरेका कारण कोहीले पनि आवाज उठाउन सक्दैनन् ।

विद्यालयको भौतिक संरचनाको अवस्था पनि नाजुक छ । विद्यालयमा नत कुर्सी बेञ्च राम्रा छन्, नत स्तरीय भवन नै । विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्रीको कुरा त त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा सपना जस्तै हो ।

व्याप्त बाल विवाहः
त्यो क्षेत्रमा अधिकांश १५ वर्षमुनिका श्रीमान श्रीमती छन् । एउटी महिलालाई सोध्यौं । १८ वर्षकी ति महिला २ वटा छोराछोरीकी आमा रहेछिन् । तराईमा बाल विवाह एकदमै विकराल समस्याको रुपमा रहेको छ । आमा बुबाले आफै विवाह गर्छन भन्ने डरले सानै उमेरमा छोरीहरुको विवाह गरिदिँदा रहेछन् ।

अर्काथरी यस्ता छन्, उनीहरु बाबु आमाले विवाह नगरिदिँदा पनि आफैं सानै उमेरमा भागेर विवाह गरिहाल्छन् । त्यो देखासिकीको कारण हो । अर्कोकुरा शिक्षा तथा जनचेतनाको कमिले पनि हुनसक्छ ।

छोराको आशमा धेरै सन्तान जन्माउने पनि गर्छन् । जसले गर्दा सरकारी विद्यालयमा अध्ययन गर्ने छोरीको संख्या बढी भएको देखिन्छ । धेरैजसो परिवारले राम्रो शिक्षाको लागि बोर्डिङ स्कूलमा पढाउने गरेका छन् । छोरी भोली पराई घर जाने हो तिनिहरुलाई धेरै पढाएर के हुन्छ ? भन्ने मान्यताले छोरीमाथि विभेद धेरै देखिन्छ ।

बेरोजगारीको समस्याः
तराई क्षेत्रमा अर्को समस्या भनेको बेरोजगारी पनि हो । प्रशस्त जग्गा जमिन भएकाहरु पनि त्यसको सहि प्रयोग गर्नतिर लाग्दैनन् । अन्नको भण्डार मानिएको तराईका बासिन्दाहरु बेरोजगार बन्नु आफ्नै कारण हो । धान गँहु टन्न मात्रामा उत्पादन हुन्छ । त्यसले घर परिवारलाई खान पुगिहाल्छ । अलिकति बेचेपनि नुन, तेल लुगाफाँटाको व्यवस्था गर्न भईहाल्छ । अरु काम किन गर्नुर्‍यो भन्ने उनीहरुको सोचाई । जसले गर्दा युवा युवतीहरु बेरोजगार ।

(धनुषाबाट फर्किएर सुजाता मुखियाको रिपोर्ट)

Logo