अमेरिकी सिनेटरको पीडाः ‘सहकर्मीबाटै बलात्कृत, राज्य मौन’

अमेरिकी सिनेटरको पीडाः ‘सहकर्मीबाटै बलात्कृत, राज्य मौन’


एजेन्सी । अमेरिकाकी एक सिनेटरले आफूमाथि बलात्कार भएको बताएकी छन् । वायु सेनामा रहेका बेला आफू बलात्कारमा परेको बताएकी हुन् । सिनेटमा सेनामा हुने गरेको यौन हिंसाका बारेमा सुनुवाईको क्रममा सिनेटर मार्थ म्याकसालीले आफूमाथि वायु सेनाका सिनियर अफिसरले बलात्कार गरेको बताएकी हुन् ।

अमेरिकी वायु सेनाको लडाकु विमान चलाउने पहिलो महिला पाइलट म्याकसालीले आफू बलात्कारमा परेको सिनेटमा भइरहेको सुनुवाईको क्रममा बताएकी हुन् ।

एरिजोनाबाट निर्वाचित भएकी रिपब्लिकन सिनेटर म्याकसालीले घटनापछि आफू लज्जित र दुविधामा रहेको तथा कायम व्यवस्थाप्रति विश्वास नलागेकाले उजुरी गर्न नसकेको बताईन् । अमेरिकी सेनामा हुने गरेको यौन हिंसाको घटनाको उजुरी सन् २०१७ मा झण्डै १० प्रतिशतले बढेको छ ।

सिनेटर म्याकसालीले २६ वर्ष अमेरिकी वायु सेनामा काम गरिन् । उनी कर्णेलसम्म भइन् र सन् २०१० मा सेवानिवृत भएकी थिईन् । त्यसपछि राजनीतिमा लागेकी उनी दुईपटक सम्म अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभका लागि निर्वाचित भइन् । गएको वर्ष भएको चुनावमा सिनेटका लागि निर्वाचित भएकी हुन् ।

Logo