टेलिकम र एनसेल टावरमा आगजनी गराएको भन्दै विप्लवमाथि मुद्दा दायर

टेलिकम र एनसेल टावरमा आगजनी गराएको भन्दै विप्लवमाथि मुद्दा दायर


रोल्पा

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेता विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ता अघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार विप्लव सहितका नेताका नाउँमा मुद्दा दायर गरिएको जनाएको छ । टावरमाथि आगजनीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए ।

‘विभिन्न स्थानबाट नेकपाका तीन जनालाई पक्राउ गरिएको छ,’ प्रनाउ खड्का भन्छन्, ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदामाथि क्षति पु¥याएकाले पक्राउ गर्नु परेको हो ।’ परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लव सहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो हो ।
अन्नपूर्णबाट

Logo