मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता रहेको आशंका

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता रहेको आशंका


विराटनगर ।

मोरङमा आज एक शिक्षकको गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो ।

हत्याराको पहिचान खुलेको छैन तर प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको हुन सक्ने आशंका गरेको छ ।

शिक्षक श्रेष्ठलाई घरबाट लिएर जंगलमा हत्या गरेको प्रहरीले जनाएको छ । चार-पाँचजनाको संख्यामा आएको समूहले बिहान सवा ६ बजेतिर उनलाई घरबाट लगेको थियो ।

घरबाट केही परको जंगलमा लगेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउन साथ प्रहरी घटनास्थलतर्फ गएको थियो । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ । घटनाबारे अनुसन्धान जारी छ ।

Logo