संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिंदै

संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिंदै


काठमाडौं ।

संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गतेदेखि संसद सेवा दिवस मनाईंदै आएको छ ।

२०५८ देखि २०६३ को बिचमा संसद नै नरहेका कारण संसद सेवा दिवस मनाइएको थिएन । सोही दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तृत्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताए। अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पुर्याउने विश्वास व्यक्त गरे ।

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवालयले बताएको छ। संघीय संसद अन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् । संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।

Logo