तीन नम्बर प्रदेश सरकारले चीनबाट चार हजार गाई ल्याउँने

तीन नम्बर प्रदेश सरकारले चीनबाट चार हजार गाई ल्याउँने


हेटौंडा

तीन नम्बर प्रदेश सरकारले छिमेकी देश चीनबाट चार हजार गाई ल्याउने घोषणा गरेको छ ।

गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तर्गत प्रदेश सरकारले उन्नत जातको गाई नेपाल भित्र्याउने जनाएको हो । यसका लागि प्रदेश सरकार र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार हेटौंडामा सम्झौता भएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल र साइन्सेसका प्रमुख इञ्जिनियर उडिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतामा गाईसहित दूधजन्य क्षेत्रमा सहयोग गरिने उल्लेख छ ।

पहिलो चरणमा तीन नम्बर प्रदेशको दोलखा र सिन्धुलीमा यस कार्यक्रम लागू हुने बताइएको छ । सम्झौता अनुसार तीन नम्बर प्रदेश सरकारलाई पहिलो चरणमा अुनदान स्वरुप केम्सले उच्च नश्ल जातका चार हजार गाई उपलब्ध गराउनेछ ।

निजी सरकारी साझेदारी मोडल (पीपीपी) अनुसार एक वर्ष भित्रमा प्रदेशका १३ वटै जिल्लामा उच्च नश्ल जातका गाई पालिनेछ । उक्त कम्पनीले नेपालको २, ३ र ४ नम्बर प्रदेशमा कार्यक्रमलाई लागू गर्ने बताइएको छ ।
अन्नपूर्णबाट

Logo