पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा भव्य स्वागत

पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा भव्य स्वागत


एजेन्सी– पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गरेको छ । अभिनन्दनलाई भारतीय शहर अमृतसरबाट ३५ किलोमिटर पश्चिममा रहेको वाघा–अटारी नाकाबाट पाकिस्तानी सीमा पार गराइएको हो ।

अभिनन्दनलाई वाघा–अटारी सीमामा भारतीय वायुसेनाका वरिष्ठ सैनिक अधिकारीसहित ठूलो सङ्ख्यामा सर्वसाधारण तथा सञ्चारकर्मीले स्वागत गरेका छन् ।

अभिनन्दनको स्वदेश फिर्ताको कार्यक्रमलाई मध्यनजर गर्दै वाघा–अटारी नाकामा परम्परागत बिटिङ–रिट्रिट समारोह रद्द गरिएको थियो भने त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो ।

गत बुधबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै शान्तिको संदेश दिनका लागि आफ्नो हिरासतमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गरिने घोषणा गरेका थिए ।

Logo