पाकिस्तानमाथि भारतको हमला, सिमानामा १ हजार किलोको बम प्रहार

पाकिस्तानमाथि भारतको हमला, सिमानामा १ हजार किलोको बम प्रहार


काठमाडौं । भारतीय वायु सेनाले पाकिस्तानीमाथि हमला सुरू गरेको छ । मंगलबार भारतीय लडाकू जेट विमानले सीमा क्षेत्रमा हमला गरेको हो । भारतीय सेनाले एलओसीको आतंकी क्याम्पमा १ हजार किलोको बम खसालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले पनि उक्त घटनाको पुष्टि गरेका छन् । उनले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका हुन् । उनले यस घटनाको केही तस्विर पनि ट्वीट गरेका छन्।

भारतको १२ मिराज २००० जेट विमानले एक हजार किलो बम खसालेको हो । भारतीय वायुसेनाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन् । १४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको आतंकवादी आक्रमणमा ४० सुरक्षाकर्मी मारिएका थिए ।

उक्त घटनापछि भारत पाकिस्तानप्रति निकै कडा रुपमा प्रस्तुत हुँदै आएको छ । भारतले पाकिस्तान जाने ३ नदीका पानी बन्द गराएको छ । त्यस्तै पाकिस्तानबाट आयात हुने सामानमा २ सय प्रतिशत कर लगाएको छ । पाकिस्तानी कलाकारहरुलाई भारतमा प्रतिबन्ध लगाएको छ । तर पाकिस्तानले उक्त आरोप निराधार रहेको प्रतिक्रिया दिँदै आएको छ ।

पाकिस्तानले पनि भारतलाई हमला गरे जवाफी कारवाही गर्ने चेतावनी दिँदैं आएको थियो पाकिस्तानी सेनाका प्रवक्ता गफुरले भारतले हमला गरे पाकिस्तान चुप लागेर बस्न नसक्ने प्रतिक्रिया दिएका थिए । दुई आणविक हतियार सम्पन्न राष्ट्रबीच भईरहेको विवादलाई विश्वभर प्रमुख चासोका साथ हेरिएको छ ।

Logo