‘तिमी र म’ गीतमा अनुप र सन्दिपाको रोमान्टिक मूड

‘तिमी र म’ गीतमा अनुप र सन्दिपाको रोमान्टिक मूड


फिल्म ‘कप्स’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिमी र म’ बोलको गीत सार्वजनिक भएको हो ।

विजय घिमिरे र नितु घिमिरेको स्वर रहेको गीतमा विजय घिमिरेकै शब्द तथा संगीत रहेको छ । रोमान्टिक गीतमा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको छ । सम्राट सापकोटा निर्देशित फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् ।

एक्सन लभस्टोरी जनराको फिल्ममा अनुप र सन्दिपासँगै अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङ्गतान सुन्दर श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सुशान्त प्रजापतीले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् । ‘कप्स’ नयाँ वर्ष अर्थात बैशाख २७ गतेदेखि प्रर्दशनमा आउँदैछ ।

Logo