‘कागजपत्र’ मा नक्कली विवाहको कथा (भिडियोमा)

‘कागजपत्र’ मा नक्कली विवाहको कथा (भिडियोमा)


फिल्म ‘कागजपत्र’ को टे«लर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टे«लर सार्वजनिक गरिएको हो ।
फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

अपिल बिष्ट निर्देशित फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् । यस फिल्मले अष्ट्रेलिया जान झुटो विवाह गरेको कथालाई उठाएको छ ।

फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । यो फिल्म चैत्र ८ गते देखि देशभर प्रर्दशन हुँदैछ ।

Logo