बलात्कारपछि हत्या गर्दै शव जलाउनेको बयान, ‘प्रमाण मेटाउन शव जलाए’

बलात्कारपछि हत्या गर्दै शव जलाउनेको बयान, ‘प्रमाण मेटाउन शव जलाए’


धनुषा । बालिकाको बलात्कार गरी हत्यापछि शव जलाउने एक अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । धनुषा प्रहरी र प्रदेश प्रहरीको सक्रियतामा पक्राउ परेका धनुषा विदेह नगरपालिका २ दुवहीटोलका २२ वर्षका निरज जर्घा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत फागुन १ गते धनुषा मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी देवनारायण रसाईलीकी ११ वर्षीया छोरी रेश्मा भनिने दुतिया रसाईलीको बलात्कारपछि हत्या गर्दै आगो लगाएर शवलाई जलाएको थियो । बोल्न नसक्ने दुतियालाई निरजले घर नजिकैको उखुबारीमा लगेर बलात्कारपछि हत्या गर्दै उखुको पातले जलाएका थिए ।

बलात्कारपछि हत्या गर्दै प्रमाण मेटाउन जलाईएको दुतिया शव हेर्दे प्रहरी ।

उक्त घटना भएको एक सातापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । उनी लुकिछिपी भारततर्फ भाग्ने क्रममा प्रहरीले सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका निरजले सुरुमा ३/४ जना मिलेर बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।

अनुसन्धानलाई अन्यत्र मोड्ने उद्देश्यले अभियुक्त निरजले अन्यको नाम लिएका थिए । तर अरुको संलग्नता नरहेको र निरजले मात्रै बलात्कारपछि हत्या गर्दै शव आगोले जनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले आफूलाई माम्ली डन भन्दै आएको निरजले दुतियालाई चाउँचाउँ र फ्रुटीको लोभ देखाएर नहरभन्दा बाहिर उखुबारीमा लगेर बलात्कार गरेको जानकारी दिए । बलात्कार पश्चात हत्या गरेको र त्यसपछि शवलाई त्यसको कपडा र उखुबारीमा रहेको उखुको पातले जलाएको एसपी खनालको भनाई छ ।

हत्या गरेपश्चात जर्गा पुनः विवाहको घरमा भईरहेको नाचगानमा उपस्थित भएका थिए । करिब रातीको ११ः३० बजे आफ्नो मामाको घरमा गई सुतेका थिए । बालिका जलाएको भोली पल्ट समेत निरज जलाएको ठाउँमा गएको र पछि त्यहाँबाट भागेका थिए ।

उनी विभिन्न चोरीका घटनामा संलग्न रहेको, केटी जिस्काएको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारवाही समेत गरेको थियो भने आरोपीले ३ महिनाको जेल सजाय समेत काटेको छ।

मादक पदार्थ तथा लागुऔषधको सेवन गर्दै आएको मगरलाई जबरजस्ती करणी गरि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको खनालले जानकारी दिए । यसअघि पहिला पनि दुर्गा पूजाको समयमा चाउचाउको लोभ देखाएर बालिकाको बलात्कार पश्चात हत्या भएको थियो।

११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाईयो

तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय धनुषा

Logo