#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697734956446740139922339889
नेपाल615933901738343820

कायममुकायम प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च ?

काठमाडौं

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहेका जोशी विरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

संघीय संसद सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी विरुद्ध साउन ६ गते सम्म उजुरी दिन आव्हान गरेको थियो । उनी माथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा लाखौं खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् ।

जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखेर छोराको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उनी विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ– ‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो । प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ?’

उजुरीकर्ता मध्ये एक जनाले नाम नभन्ने सर्तमा भने, –‘मैले पर्याप्त प्रमाणका आधारमा प्रधानन्यायाधीश बिरुद्ध उजुरी गरेको छु । आवश्यक परेर समितिले बोलाए हाजीर हुन तयार छु ।’ संसदीय सुनुवाइ समितीका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार संसदीय सुनुवाई विशेष समितिको सोमवार बसेको बैठकले जोशीको सुनुवाई यही १० गते विहीवार गर्ने निर्णय गरेको छ । समितिले उजुरीकर्तासँग भने आज मंगलबार नै छलफल गर्ने भएको छ । उनीमाथि परेको उजुरी माथि सोमबार देखि नै छानबिन सुरु भएको जनाइएको छ ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार