सर्वनाम थिएटरमा नाटक ‘रुपाकृ’ मञ्चन हुँदै

सर्वनाम थिएटरमा नाटक ‘रुपाकृ’ मञ्चन हुँदै


केही महिनाअघि युट्युब च्यानलहरुमा रुकुमका कृष्ण वली र रुपा वली जोडी भाइरल भए । बिहे गरेको १ बर्ष वितेको भोलिपल्ट नै कृष्णले दुवै हात र एक खुट्टा गुमाए । गएको जेठ महिनामा कृष्णले करेन्ट लागेर यो घटना भएको थियो । अन्तरजातीय बिबाह गरेका उनीहरुको यसपछिका दिनहरु निकै कष्टकर विते ।

दुवै हात र खुट्टा गुमाए पनि उनले श्रीमतीको साथ भने गुमाएनन् । उनको श्रीमती रुपा हर समय उनको साथमा रहिन् । उनले हार मानिनन् कृष्ण सँगसँगै मर्ने र सँगै बाँच्ने कसम खाएका उनले जीवनमा जुनसुकै अवस्थामा पनि साथ नछोड्ने बताउदै आएकी छिन् । उनीहरुको यो प्रेम हाम्रो अहिलेको समाजमा अनुकरणीय बन्न सक्छ ।

उपचारको क्रममा ४५ लाखको ऋण लागिसकेको थियो । यस्तैमा एक दिन उनीहरुको भिडियो युट्युवमार्फत सार्वाजनिक भयो । त्यसपछि उनीहरुलाई देश विदेशमा रहेको नेपालीहरुले एकजुट भएर सहयोग गर्न थाले ।

अहिले कृष्ण–रुपाको जीवनमाथि नाटक बनेको छ । उक्त नाटक फागुन ६ गते देखि १२ गतेसम्म चल्नेछ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा भोलि सोमबारदेखि प्रदर्शनमा आउने भएको छ । यो नाटक हरेक दिन साँझ पाँच बजेदेखि ६ बजेसम्म मञ्चन हुनेछ । शनिवार अतिरिक्त शो दिउँसो एक बजे पनि हुने आयोजकले जनाएको छ ।

‘रुपाकृ’ नाम दिइएको उक्त नाटकलाई रेनुका कार्कीले निर्देशन गरेका हुन् । उनी भन्छिन्, ‘अहिलेको समयमा प्रेमको परिभाषा नै फितलो बन्दै गएको अवस्थामा कृष्ण र रुपाको प्रेम समाजको लागि अनुकरणीय बन्न सक्छ किनभने उनीहरुको कथा आफैमा एक आदर्श प्रेमको नमुना सावित हुन सक्छ ।’

यस नाटको प्रस्तुतकर्ता नविन अवाल हुन् । उनले ‘बिजुली मेशिन’ जस्तो अब्बल दर्जाको चलिचत्र निर्देशन गरिसकेका छन् । उनी नाटकले एक ‘अमर प्रेमगाथा’ भन्ने बताएका छन् । उनी भन्छन, ‘परिवारको मायाले एउटा मान्छेको जीवन कति पूर्ण र सार्थक हुन्छ भन्ने कुरा नाटकमा देखाइएको छ ।’

यस नाटकमा कृष्णको भूमिका सुदीपजंग कार्कीले निर्वाह गर्नेछन् भने रुपाको भूमिकामा सुशिला बजगाईले मूख्य भूमिका निर्वाह गर्ने छिन् ।

Logo