स्मार्टका सेवा ४५ जिल्लामा विस्तार, १९ जिल्लामा फोर जी  

स्मार्टका सेवा ४५ जिल्लामा विस्तार, १९ जिल्लामा फोर जी  


काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो नेटवर्क ४५ जिल्लामा विस्तार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगरलगायत नेपालका प्रमुख शहरहरुमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ ।

यो विस्तारसँगै कम्पनीको 4G सेवा अब १९ जिल्लामा, 2G सेवा २६ जिल्लाहरुमा पुगेको छ । स्मार्टको 4G सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्ञनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ, झापा तथा सुन्सरीमा पुगिसेको छ ।

१० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवा ग्राहकहरु माझ अत्यन्त रुचाईदैं आएको छ । स्मार्टको इन्टरनेट अन्य दूरसञ्चारहरुको तुलनामा अत्यधिक गतिको रहेको छ । स्मार्ट डाटा सेवाको लागिकम्पनीले 4G LTE प्रविधियुक्त सेवाप्रदान गरेको छ । यो मोबाइल डाटाको लागि संसारमै सबैभन्दा बढी रुचाइएको प्रविधि हो ।

कम्पनीले नेपालका ग्रामीण भेगहरुका आफ्नो सञ्जाललाई क्रमशः विस्तर गर्दै गइरहेको छ । कम्पनीले आफ्नो गुणस्तरीय, दू्रत सेवा तथा कभरेजद्वारा ग्राहकलाई सेवा प्रदान गरी अगाडि बढाउन आफ्नो लगानी वृद्धिसमेत गर्दै आएको छ ।

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्‍याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत unified license प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

स्मार्ट टेलिकल प्रा.लि ले आफ्नो नेटवर्कलाई क्रमशः विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

 

 

 

 

 

 

Skip This
Logo