स्ववियू निर्वाचन गराउन समिति गठन, फागुन १४ को मिति सर्ने पक्का

स्ववियू निर्वाचन गराउन समिति गठन, फागुन १४ को मिति सर्ने पक्का


काठमाडौं । स्ववियू निर्वाचन सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय तथा निरिक्षण समिति गठन गरिएको हो ।

फागुन १४ मा तोकिएको मितिमा स्ववियू चुनाव नहुने पक्का भएपछि त्रिविले समिति गठन गरेको हो । समितिको सह संयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती, सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्र प्रसाद शिवाकोटी, विष्णु केसी, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् । समितिले बैठक बसेर निर्वाचनबारे आवश्यक निर्णय लिनेछ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरेर तोकिएकै मिति फागुन १४ मा स्ववियू निर्वाचन गराउन माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनहरुले त्रिवि उपकुलपति कार्यालय घेराउँ गरेका छन् ।

अखिल, अखिल (क्रान्तिकारी) ले सोमबार बिहान त्रिवि कार्यालय घेराउ गरेको हो । घेराउँपछि त्रिविले समिति गठन गरिएको र समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने विद्यार्थी नेता दिपेस पुनले जानकारी दिए ।

Logo