दुर्घटनामा घाइते सीडीओ भट्टराईको निधन

दुर्घटनामा घाइते सीडीओ भट्टराईको निधन


बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज (सोमबार) निधन भएको छ । गएको माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराईको उपचारका क्रममा आज दिउँसो काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो ।

पिकनिक खाएर कलैयाबाट निजगढ फर्कने क्रममा ना १ झ १६३३ नम्बरको स्कर्पियो गाडी दुर्घटनामा परेको थियो ।

Logo