डीपीएल: साविकको बिजेता धनगढी एक खेल पनि नजिती बाहिरियो

डीपीएल: साविकको बिजेता धनगढी एक खेल पनि नजिती बाहिरियो


धनगढी प्रिमियर लिग (डीपीएल)मा घरेलु टिम धनगढी एक खेल पनि नजिती प्रतियोगिताबाट बाहिरीएको छ ।  अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्ससँग ३९ रनले पराजित भएर धनगढी बाहिरिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो । एक रन बनाउदा पहिलो विकेट गुमाएको रुपन्देहीकालागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् । आज पनि उसका खेलाडीले खासै राम्रो ब्याटिङ गर्न सकेनन् । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने ६ खेलाडी एकोहोरो रुपमा आउट भए । बलिङमा धनगढीका पवन सराफ, सोमपाल कामी र विपीन खत्रीले दुई दुई विकेट लिए ।

जवाफमा धनगढी १३ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । १५ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १९ रनमा दोस्रो विकेट खेर फाल्यो । धनगढीको पारीलाई सम्हालन आएका सोमपाल कामी ११ रनमा आउट भए भने रोहन मुस्तफा दुई रनमा पेभेलियन फर्किए ।

यस्तै सुनील धमला पनि मात्र चार रनमा आउट हुँदा उसले २० रनमा तेस्रो विकेट गुमायो । त्यसपछि ३९ रन हुँदा धनगढीको चौथो विकेट झर्यो । सन्दिप रजाइली मात्र १० रनमा आउट भए । त्यसपछि उसकालागि पवन सराफले १५ रन रनमा आउट हुँदा उसको अवस्था ५२ रनमा सात विकेट थियो । उसका राजु रिजाल ५, हरी चौहान मात्र एक, अमिर हायात आठ र बिपीन खत्रीले खाता खोल्न सकेनन् । बलिङमा रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए भने विक्रम सोबले दुई विकेट हात पारे ।

धनगढी साविकको बिजेता टिम हो।

Logo