शिवम सिमेन्टको आइपीओ खुल्यो, स्थानीयले पनि भर्न पाउने

शिवम सिमेन्टको आइपीओ खुल्यो, स्थानीयले पनि भर्न पाउने


शिवम सिमेन्ट लिमिटेडले आज (फागुन ६) देखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई १ सय रुपियाँ अंकित मूल्यमा २०० प्रिमियम थप गरी प्रति कित्ता ३ सय रुपियाँमा शेयर निष्काशन गरेको छ भने स्थानीयका लागि २ सय रुपैयामा निष्काशन गरेको हो।

४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको छ  ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन गर्न सक्ने छन्। सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ४४ लाख कित्ताको लागि आवेदन गर्न सक्ने छन् । आवेदन दिनको छिटोमा फागुन ९ र ढिलोमा चैत्र ५ गतेसम्मको मिति तोकिएको छ । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि सर्वसाधारणलाई ४ सय र स्थानीयलाई ३ सयमा शेयर जारी गर्नको लागि नेपाल धितोबोर्डबाट स्वीकृति लिएको थियो । कम्पनीले स्थानीयहरुलाई यस अघि नै प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ

स्थानीयको लागि छुट्याइएको शेयर मध्ये बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि स्थानीयले पुन आवेदन दिन सक्ने भएका छन् । स्थानीयले न्युनतम ५० कित्ता र अधिकतम  ५ लाख ७९ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

Logo