डोजरको काममा ७५ प्रतिशत कमी : प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव

डोजरको काममा ७५ प्रतिशत कमी : प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव


काठमाडौँ
सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

रोजगार कार्यक्रममा एक करोडभन्दा तलका योजनामा डोजर प्रयोग गर्न नपाइने नीतिगत व्यवस्था गरिएपछि अहिले स्थानीय तहमा सञ्चालन भइरहेका डोजरको काम ७५ प्रतिशत घट्ने देखिएको हो ।

सरकारको यो घोषणाले भाडामा सञ्चालन भएका हजारौं डोजरहरु बेरोजगार हुने अवस्था सिर्जना भएको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले बताए । ‘सरकारको नयाँ नियमले कामविहीन बन्ने अवस्था आएको छ,’ कुँवरले भने, ‘हाम्रा हजारौं डोजर गाउँबाट फर्कन थालेका छन् ।’

सरकारले फागुन १ गतेदेखि सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकामा नेपाल सरकार र प्रदेश सरकार अन्तर्गतका स्थानीय तहमा एक करोड भन्दा तलका योजनामा डोजर लगाउन नपाइने उल्लेख छ । तोकिएको प्राविधिक टोलीले डोजर लगाउन स्वीकृति दिएमा वा कामदार उपलब्ध नभएमा डोजर लगाउन सकिने उल्लेख छ ।

यस नियमले भाडामा सञ्चालन भइरहेका डोजरहरुको ७५ प्रतिशत काम प्रभावित हुने कुँवरले बताए । उनका अनुसार यो व्यवसायमा लागेका ६–७ हजार व्यवसायी र अपरेटर, हेल्पर, मेकानिकल गरेर अन्य हजारौं प्रभावित हुनेछन् ।
नागरिकबाट

Logo