लोपोन्मुख अवस्थामा रहेको डण्डीबियो प्रतियोगिता धादिङमा शुरु

लोपोन्मुख अवस्थामा रहेको डण्डीबियो प्रतियोगिता धादिङमा शुरु


धादिङ
लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो खेलको धादिङबेसीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको छ ।

धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले उक्त प्रतियोगिताको आइतबार डण्डीले बियो हानेर उद्घाटन गरे ।

डण्डीबियो संस्कृति जोगाउन तथा मौलिक खेलका रुपमा विकास गर्न डण्डीबियो सङ्घ र नेपाल स्काउट धादिङले संयुक्त रुपमा आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका ४१ विद्यालयले भाग लिएका छन् ।

सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिनुभयो । रासस

Logo