सिन्धुलीबाट पाँच ट्रक गाँजासहित ८ जना पक्राउ

सिन्धुलीबाट पाँच ट्रक गाँजासहित ८ जना पक्राउ


सिन्धुली

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठूलो परिमाणको गाँजासहित ८ जनालाई पक्राउ गरेको छ । प्रशोधन गरी भारततर्फ लैजान लागेको ५ किलो र प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा सहित सिन्धुलीको हरिहरपुर गाउँपालिकास्थित क्यानेश्वरबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पर्शाहगढी नगरपालिका ४ का ४५ वर्षीय जयदेव माझी मुसहर, ४६ वर्षीय बागर माझी मुसहर, ४५ वर्षीय डोडामाझी मुसहर, ३५ वर्षीय लालमती माझी मुसहर, ४० वर्षीया भगवती माझी मुसहर, ३७ वर्षीया रोहनी माझी मुसहर, ३६ वर्षीया तैइती माझी मुसहर, ३३ वर्षीया कुसुनी माझी मुसहर रहेका छन् ।

उनीहरुलाई क्यानेश्वरका स्थानीय अमृत तामाङको घरमा काटेर राखिएको गाँजालाई प्रसोधन गरिरहेको भन्ने सुराकका आधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अवैधगाँजालाई प्रसोधन गरी तराई हुँदै भारततर्फ लैजान लागेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नरीक्षक निरन्जन थापाको कमाण्डमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
अन्नपूर्णबाट

Logo