#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30906084959630743910322507351
नेपाल627974011712945267

प्रदेश ३ मा १२ अर्ब सवारी राजस्व, कर्णालीको भने ९ करोड मात्रै

काठमाडौं

गत आर्थिक वर्षमा सवारी राजस्व बापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४, ०७५ मा १२ अर्ब १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँ मात्र सवारी राजस्व संकलन गरेको छ ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार उक्त राजस्वमा सवारीसाधान कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड–जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा रहेको छ । संघीय व्यवस्था अनुसार अब सडक सम्भार तथा मर्मत दस्तुर र इम्बोस्ड–प्लेट जडान शुल्क बाहेकका आम्दानी प्रदेश सरकारको आम्दानी हुनेछ । यो रकम प्रदेशले ६० प्रतिशत र स्थानीय तहले ४० प्रतिशत पाउने व्यवस्था गरिएको छ ।

यातायात क्षेत्रबाट संकलित सवारी राजस्वको ५१ प्रतिशत भन्दा बढी प्रदेश–३ ले उठाएको छ । आव २०७४, ७५ मा देशभरबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार ३ सय ४७ रुपैयाँ सवारी राजस्व संकलन भएको छ । प्रदेश–३ मा सवारी साधन कर मार्फत ५ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । त्यसैगरी सडक सम्भार तथा मर्मत शुल्क शीर्षकमा ५ अर्ब ३० करोड, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर मार्फत १ अर्ब र इम्बोस्ड–प्लेट जडानबाट १ करोड ९५ लाख ६८ हजार रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

सवारी राजस्व धेरै संकलन गर्ने प्रदेशमा दुई–दोस्रो स्थानमा रहेको छ । आव २०७४,७५ मा प्रदेश–२ अन्तर्गतका यातायात कार्यालयले ४ अर्ब २६ करोड ९३ लाख ३० हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा कम प्रदेश–६ ( कर्णाली) ले ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्यांकमा छ । यातायात कार्यालयले सबैभन्दा बढी सवारी साधन कर शीर्षकमा रकम संकलन गरेको छ ।
कारोबारबाट

 

सम्बन्धित समाचारहरु